२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

सरकारद्वारा आर्थिक स्थितिपत्र सार्वजनिक, ७ प्रतिशत वृद्धि लक्ष्य

काठमाडौँ । अर्थ मन्त्रालयले देशको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेको दिन गत चैत १३ मा अर्थतन्त्रको स्थितिपत्र जारी गर्ने निर्णय गर्नुभएको थियो । सोहीबमोजिम गत वैशाख १ गते स्थितिपत्र प्रकाशन भएकामा आज सरकारको एक महिना पूरा भएपछि सार्वजनिक गरिएको हो । वाग्लेले विद्यमान आर्थिक, सामाजिक र शासकीय अवस्थाको यथार्थपरक चित्रण गर्दै आगामी कार्यदिशा निर्माणमा सहयोग पुगोस् भनेर स्थितिपत्र जारी गरिएको बताउनुभएको छ ।

स्थितिपत्रमा वार्षिक औसत ७ प्रतिशतको आर्थिक वृद्धि गर्दै ७ वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार डलर पुर्‍याउने लक्ष्य राखिएको छ । त्यसका लागि निजी लगानी आकर्षित गर्नेदेखि रोजगारी र उत्पादकत्व बढाउनुपर्नेसम्मका ४ वटा आधार प्रस्तुत गरिएको छ ।

पाँचदेखि सात वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने सरकारको लक्ष्य छ । सरकारले नै जारी गरेको स्थितिपत्रमा सम्भावना धेरै तर अर्थतन्त्रको अवस्था भने अपेक्षित सुधारमा देखिँदैन ।

स्थितिपत्रमा पश्चिम एसियाको द्वन्द्वले नेपालको अर्थतन्त्रमा बहुआयामिक चुनौती थप्ने देखिएको उल्लेख गरिएको छ । साथै कुल रेमिट्यान्सको ३७.४ प्रतिशत हिस्सा ओगट्ने पश्चिम एसियाको अस्थिरताले वैदेशिक रोजगारी र विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष जोखिम निम्त्याएको बताइएको छ ।

यस्तै छिमेकी राष्ट्रहरूको तुलनामा यो आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि निकै सुस्त हुने उल्लेख छ । आर्थिक वर्ष ०८१/८२ मा ४.६१ प्रतिशत रहेको आर्थिक वृद्धि यो वर्ष ३.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यसैगरी अर्थतन्त्र कृषिबाट औद्योगिकीकरण नहुँदै सेवा क्षेत्रतर्फ विस्तार भएको भन्दै औद्योगिकीकरणको कमजोर अवस्था स्विकार गरिएको छ ।

पर्यटन क्षेत्रमा प्रचुर सम्भावना र पूर्वाधार विकास हुँदै गए पनि बाह्रै महिनाको गन्तव्य बन्न नसकेको पनि स्विकार गरिएको छ ।

यस्तो छ स्थितिपत्रको पूर्णपाठ :
https://drive.google.com/uc?export=view&id=1JquBo649pcY7uwdiyHulsxNHnYc-e3XA

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।