२०८३ आश्विन ४ आईतवार
२०८३ आश्विन ४ आईतवार

साउनमा जीवन बीमा कम्पनीले संकलन गरे २६ अर्बभन्दा बढी बीमाशुल्क

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरूले २६ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ जीवन बीमा कम्पनीले साउनमा कुल २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

कम्पनीहरूले साउनमा कुल ३ लाख ८५ हजार ९२१ वटा बीमा पोलिसी जारी गरेका छन् । संकलित बीमाशुल्कमध्ये ४ अर्ब ५१ करोड १८ लाख रुपैयाँ प्रथम बीमाशुल्क अर्थात् नयाँ व्यवसायबाट आएको छ भने २१ अर्ब ७१ करोड ३३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क रहेको छ ।

कुल बीमाशुल्कको ठूलो हिस्सा नवीकरण व्यवसायबाट आएको तथ्याङ्कले देखाउँछ । यसले नयाँ व्यवसाय विस्तारको तुलनामा जीवन बीमा कम्पनीहरूको आम्दानीमा पुराना पोलिसीको नवीकरणको योगदान अझै ठूलो रहेको देखाएको छ ।

नेपाल लाइफको बीमाशुल्क सबैभन्दा धेरै

साउनमा कुल बीमाशुल्क संकलनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । कम्पनीले एक महिनामै ६ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९९ करोड २७ लाख रुपैयाँ तथा नेशनल लाइफ इन्स्योरेन्सले २ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

हिमालयन लाइफ इन्स्योरेन्सले २ अर्ब २९ करोड ४१ लाख रुपैयाँ संकलन गर्दा एलआइसी नेपालले २ अर्ब १४ करोड १४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यसैगरी सूर्यज्योति लाइफले १ अर्ब ५१ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब ११ करोड रुपैयाँ र सिटिजन लाइफले ९६ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

आइएमई लाइफले ९० करोड ९४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ८५ करोड ४३ लाख रुपैयाँ तथा प्रभु महालक्ष्मी लाइफले ७६ करोड ११ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

त्यस्तै रिलायबल नेपाल लाइफले ७० करोड ६६ लाख रुपैयाँ, मेट लाइफले ६० करोड २८ लाख रुपैयाँ र सन नेपाल लाइफले ४६ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

साउनको तथ्याङ्कले जीवन बीमा क्षेत्रमा नवीकरण व्यवसायको हिस्सा निकै ठूलो रहेको देखाएको छ । नयाँ बीमा व्यवसाय विस्तारसँगै विद्यमान बीमितलाई निरन्तरता दिनु कम्पनीहरूको मुख्य आम्दानीको आधार बनेको देखिन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।