काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको छ।

पूर्वाधार विकास मन्त्रालयका अनुसार राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ।
लेदो पन्छाउने तथा सडक खुलाउने कार्य सम्पन्न भएसँगै पृथ्वी राजमार्ग सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ। सडक पूर्ण रूपमा सहज बनाउन थप सरसफाइ तथा व्यवस्थापनको काम भने जारी रहेको छ।

Post Views: 70









