२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

तटीय क्षेत्रमा ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा बाढीको क्षति

काठमाडौं । तिब्बततर्फबाट रसुवा हुँदै आएको ठूलो बाढीका कारण त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान ऊर्जा मन्त्रालयले गरेको छ।
बाढीबाट निर्माणाधीन तथा सञ्चालनमा रहेका दुवै प्रकृतिका जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार केही आयोजनाका विद्युत्गृह तथा सबस्टेसनमा समेत ठूलो क्षति पुगेको आकलन गरिएको छ।
मन्त्रालयका अनुसार रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट), चिलिमे (२२ मेगावाट), त्रिशूली–३ ए (६० मेगावाट), त्रिशूली–३ बी (३७ मेगावाट), मैलुङ (१४ मेगावाट) र त्रिशूली–बेनिघाट (३५ मेगावाट) आयोजनामा बाढीले क्षति पुर्‍याएको छ।
त्यस्तै, ५७ मेगावाट क्षमताको साञ्जेन (अप्पर) तथा साञ्जेन जलविद्युत् आयोजनामा समेत बाढीबाट क्षति भएको मन्त्रालयले जनाएको छ।
यद्यपि क्षतिको यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन। ऊर्जा मन्त्रालयका अनुसार प्रभावित आयोजनामा कार्यरत कर्मचारीको अवस्थाबारे विवरण संकलन गर्ने काम भइरहेको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका एक अधिकारीले बाढी अझै आइरहेकाले क्षतिको विस्तृत विवरण संकलन गर्न कठिन भइरहेको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का प्रमुख कार्यकारी अधिकृत भीमप्रसाद गौतमले पनि बाढीबाट प्रभावित आयोजनाको क्षतिबारे विवरण संकलन तथा अवस्थाबारे बुझ्ने काम भइरहेको जानकारी दिएका छन्।
बाढीका कारण आयोजनाका भौतिक संरचना, विद्युत्गृह, सबस्टेसन तथा अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण स्थलगत अध्ययनपछि मात्रै स्पष्ट हुने मन्त्रालयले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।