२०८३ श्रावण २७ बुधबार
२०८३ श्रावण २७ बुधबार

काेशी प्रदेश सरकारबाट बाहिरियाे कांग्रेस, मन्त्रीले बुझाए राजीनामा

काठमाडाैं । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारबाट बाहिरिएकाे छ। सत्ता समीकरण फेरिएपछि बुधबार कांग्रेस प्रदेश सरकारबाट बाहिरिएकाे हाे ।

बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएकाे कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जानकारी दिनुभएकाे छ ।

नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीका मन्त्रीलाई राजीनामा दिन दबाब थियाे ।

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।