२०८३ असार २४ बुधबार
२०८३ असार २४ बुधबार

हेलम्बुका विद्यार्थीका लागि रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रमको प्रारम्भिक सहमति

हेलम्बु गाउँपालिका र टर्न की डेभलप्मेन्ट ग्रुपबीच हेलम्बुका विद्यार्थीहरूको गुणस्तरीय उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि प्रारम्भिक सहमति भएको छ।
गाउँपालिकाका अनुसार उक्त कार्यक्रममार्फत आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा सामाजिक–आर्थिक रूपमा पछाडि परेका विद्यार्थीहरूलाई छात्रवृत्तिको माध्यमबाट उच्च शिक्षाको अवसर प्रदान गरिनेछ। साथै उद्यमशीलता, नवप्रवर्तन, रोजगारीमुखी सीप विकास तथा विद्यालयमा आधारित दिगो कृषि र पशुपालन उद्यमलाई समेत प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।
प्रारम्भिक सहमतिअनुसार स्नातक तहदेखि इन्जिनियरिङलगायत प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई लक्षित गर्दै करिब रु. १७ करोड बराबरको छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। यस कार्यक्रमले हेलम्बुलाई आवश्यक दक्ष तथा प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
समझदारीपत्रमा हस्ताक्षरपछि गाउँपालिकाले यो पहलले हेलम्बुका प्रतिभाशाली तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
गाउँपालिकाले “शिक्षामा लगानी, समृद्ध हेलम्बुको आधार” भन्ने नारालाई आत्मसात गर्दै आगामी दिनमा शिक्षा क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।