२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

१७ चिकित्सकको दर्ता खारेज, विदेशी नागरिकता लिएको पुष्टि

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको दर्ता खारेज गरेको छ। नेपाली नागरिकता परित्याग गरी विभिन्न मुलुकको नागरिकता तथा राहदानी लिएको पुष्टि भएपछि उनीहरूको नाम काउन्सिलको दर्ता किताबबाट हटाइएको हो।

काउन्सिलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ तथा नेपाल नागरिकता ऐन २०६३ बमोजिम उक्त निर्णय गरिएको जनाएको छ। काउन्सिलका अनुसार निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भइसकेको छ।

दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ।

खारेज सूचीमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरन्जन देव पाण्डे, डा. रोशन केसी, डा. ममता गुरुङ, डा. राजिव हमाल र डा. सलुजा सिंह थारू रहेका छन्।

त्यसैगरी डा. सुजना के.सी., डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सरवजनाको नाम पनि दर्ता खारेज गरिएको काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार नेपाली नागरिकका रूपमा दर्ता भएका चिकित्सकले विदेशी नागरिकता लिएपछि नेपालको कानुनअनुसार उनीहरूको पुरानो दर्ता स्वतः अवैध हुने व्यवस्था छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।