२०८३ कार्तिक १३ बिहीबार
२०८३ कार्तिक १३ बिहीबार

सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो १ अर्ब ५ करोड

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १३१.१३ प्रतिशतले वृद्धि भएको हो ।

नाफामा उल्लेख्य वृद्धि भएसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस), स्वपुँजीमा प्रतिफल (आरओई) र प्रतिसेयर वितरणयोग्य नाफामा समेत सुधार देखिएको छ । साथै, बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाह बढेको छ भने खराब कर्जा अनुपात घटेको छ ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १७ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १३ रुपैयाँ १५ पैसा थियो । यससँगै प्रतिसेयर आम्दानी १६ रुपैयाँ २ पैसाले बढेको छ ।

त्यस्तै, बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) ७.६८ प्रतिशतबाट बढेर १५.६० प्रतिशत पुगेको छ । प्रतिसेयर कुल वितरणयोग्य नाफा पनि गत वर्षको १९ रुपैयाँ २७ पैसाबाट बढेर २७ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

बैंकको निक्षेप संकलनमा पनि वृद्धि देखिएको छ । समीक्षा अवधिमा निक्षेप संकलन ११.८४ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । यसैगरी, खुद कर्जा तथा सापटी प्रवाह १.६९ प्रतिशतले वृद्धि भई २ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको खराब कर्जा अनुपातमा आएको सुधारलाई पनि सकारात्मक मानिएको छ । गत वर्षको सोही अवधिमा ३.९१ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा अनुपात (ग्रस एनपीए) घटेर २.८६ प्रतिशतमा झरेको छ । एक वर्षको अवधिमा यस्तो अनुपात १.०५ प्रतिशत बिन्दुले घटेको हो ।

पुँजी पर्याप्तताका सूचक पनि तोकिएको विवरणअनुसार कायम रहेका छन् । बैंकको प्राथमिक पुँजी पर्याप्तता अनुपात (टियर वान) ९.७० प्रतिशत र कुल पुँजी पर्याप्तता अनुपात १२.३७ प्रतिशत रहेको छ ।

समग्रमा, सानिमा बैंकको पहिलो त्रैमासिक वित्तीय विवरणमा नाफा, प्रतिसेयर आम्दानी, निक्षेप संकलन र वितरणयोग्य नाफामा वृद्धि देखिएको छ भने खराब कर्जा अनुपातमा कमी आएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।