२०८३ आश्विन १२ सोमबार
२०८३ आश्विन १२ सोमबार

सिन्धुपाल्चोकमा ‘डिजिटल एजेन्डा र एआई’ नारासहित विश्व पर्यटन दिवस मनाइयो

सिन्धुपाल्चोक । ‘Digital Agenda and Artificial Intelligence to Redesign Tourism’ भन्ने नाराका साथ सिन्धुपाल्चोकमा विश्व पर्यटन दिवस, २०२६ मनाइएको छ।
उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, सिन्धुपाल्चोकको आयोजनामा सुकुटे बीच एडभेन्चर क्याम्प प्रा.लि.मा कार्यक्रम आयोजना गरी विश्व पर्यटन दिवस मनाइएको हो।
कार्यक्रमको अध्यक्षता उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले गर्नुभएको थियो। कार्यक्रममा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षकद्वय, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरू, पत्रकार र कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।
विश्व पर्यटन दिवसका अवसरमा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्री वितरण गर्नुका साथै सहभागीहरूलाई टिसर्टसमेत वितरण गरिएको थियो।
कार्यक्रममा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्षलाई पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै कदरपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रममा पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा बदलिँदो प्रविधिको प्रयोगमार्फत पर्यटनलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो। विश्व पर्यटन दिवसको यस वर्षको नाराले डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) लाई पर्यटन क्षेत्रको पुनःसंरचना तथा विकाससँग जोड्ने विषयलाई प्राथमिकता दिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।