२०८३ आश्विन १२ सोमबार
२०८३ आश्विन १२ सोमबार

सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट श्री लामाले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
सिम्पालकाभ्रेमा राप्रपाको दबाब रहेको समयमा नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय हुँदै आएका लामा सिम्पालकाभ्रे कांग्रेसको सभापति हुँदै राजनीतिमा प्रवेश गरेका थिए। त्यसपछि उनी नेपाल तरुण दल सिन्धुपाल्चोकको सदस्यसमेत बने।
२०६१ सालमा माओवादीद्वारा अपहरणमा परेका लामालाई नेपाली कांग्रेस सिन्धुपाल्चोकका तत्कालीन जिल्ला सभापति स्वर्गीय विकास लामाको प्रेरणाले कांग्रेसमा आबद्ध भएर राजनीतिक यात्रालाई निरन्तरता दिन प्रेरित गरेको बताइएको छ।
१८ वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा लामा इन्द्रावती गाउँपालिका–१ को वडाध्यक्षमा निर्वाचित भएका थिए। उनले जनप्रतिनिधिका रूपमा वडाको नेतृत्वसमेत सम्हाले। तर, २०७९ सालको स्थानीय तह निर्वाचनमा भने उनी पुनः वडाध्यक्षमा निर्वाचित हुन सकेनन्।
कांग्रेसको संगठन निर्माणमा लामो समयदेखि सक्रिय रहेका लामा १२औँ, १३औँ र १४औँ महाधिवेशनमा लगातार महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए।
यसपटक लामाले आदिवासी जनजाति कोटाबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले पार्टीभित्र आदिवासी जनजातिको आवाजलाई अझ सशक्त रूपमा उठाउँदै समावेशी प्रतिनिधित्व र संगठन निर्माणमा योगदान गर्ने बताएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।