निर्मम बस्नेत । चाैतारा
२१ भाद्र । पुस्तक तथा स्टेशनरी व्यवसायीहरुले भेला सम्पन्न उक्त भेलाले अध्यक्ष बखतबहादुर अधिकारीकाे अध्यक्षतामा ७ सदस्यीय तदर्थ समिति गठन गरेकाे छ । गठित संघका पदाधिकारीलााई महासंघका केन्द्रीय सदस्य कुमार थापाले पद तथा गाेपनीयताकाे सपथ खुवाएका हुन् ।

आइतबार सिन्धुपाल्चोककाे चाैतारामा भएकाे भेलाले संघकाे समितिकाे उपाध्यक्षमा दिपक तिमल्सिना, सचिवमा रामशरण बस्नेत , काेषाध्यक्षमा हरीकुमार श्रेष्ठ , सदस्यहरु गाेमाकुमारी श्रेष्ठ , हरीशरण पुुरी र चमेली श्रेष्ठ रहेका छन् ।
नवगठित समितिलाई शुभकामना दिदै केन्द्रीय सदस्य एवं कार्यक्रमका प्रमुुख अतिथि थापाले व्यवसायी हकहितका निमित्त संघले अग्रसरता दिलाउने कुरामा आफु विस्वस्त रहेकाे बताए ।
उनले संघ २०६५ सालदेखी जिल्लामा कृयाशिल रहेर आफुलाई संस्थापक अध्यक्षकाे जिम्मेवारी सहित ३ कार्यकाल नेतृत्व गर्ने अवसर दिदै केन्द्रीय
भूमिकामा पुर्याउन सहयाेग गर्ने सदस्यहरुलाई आभार व्यक्त गरे ।
थापाले आफ्नो कार्यकालमा महासंघमार्फत जनक शिक्षा केन्द्रसंग गरिएकाे पहलकदमी र व्यवसायीक हितमा गरिएको कामले नेपालभरमा रहेकाे व्यवसायीले लाभ लिन सकेकाे कुरा स्मरण गराए ।
त्यस्तै कार्यक्रमका बिशेश अतिथि एवं पुर्वअध्यक्ष शिव बहादुर केशीले पनि ३ कार्यकाल नेतृत्व सम्हालेकाे स्मरण गराउँदै बिगतमा जिल्लामा छरिएर रहेका सवैलाई गाेलबन्द गर्दै पाठ्यपुस्तक वितरणमा सहज वातावरण सिर्जना गरेकाे भन्दै आगामी दिनमा नवगठित समितिले रचनात्मक काम गर्नेमा बिस्वास व्यक्त गरे ।
क्यान सिन्धुपाल्चोकका अध्यक्ष दिपक थापाले वर्तमान परिवेशमा माेवाइकाे प्रयाेगले वालवालिका आँखामा समस्या बढ्दै गएकाे भनि चिन्ता व्यक्त गरे । माेवाइल प्रयाेगलाई सहिरुपले गर्न अभिभावक शिक्षा आवश्यक रहेकाे समेत बताए ।
ई लाइवेरीमा प्रविधिककाे प्रयाेग र पुस्तककाे संयाेजित रुपले मात्रै बाैद्धिक क्षमता बिकासमा हुने कुरामा जाेड दिए । उनले आगामी दिनमा नयाँ पुस्तालाई पुस्तकसंग जाेड्न सकाेस् भन्ने शुभकामना व्यक्त गरे ।
सचिव रामशरण बस्नेतले कार्यक्रमकाे उद्घाेषण र संघकाे अध्यक्ष बखतबहादुर अधिकारीकाे अध्यक्षतामामा सम्पन्न भेलामा जिल्लाका व्यवसायीहरु सहभागि रहेका थिए ।
नवगठित संघलाई बिधिबत रुपमा संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक दर्ता गरेेपछि बैधानिकता पाउने अध्यक्ष अधिकारीले बताए ।











