काठमाडौँ । सरकारले गृह मन्त्रालयको सचिव परिवर्तन गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।

यसअघि गृहसचिवको जिम्मेवारीमा रहेका राजकुमार श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । श्रेष्ठ आगामी भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।
अवकाशको मुखैमा रहेका श्रेष्ठलाई अतिरिक्त समूहमा राखेर सरकारले शर्मालाई गृह मन्त्रालयको सचिवको जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।
शर्माले अब गृह मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हाल्नेछन् ।

Post Views: 82









