२०८३ भाद्र ११ बिहीबार
२०८३ भाद्र ११ बिहीबार

रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन

रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ४०३ पर्यटक सम्पर्कविहीन भएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परी ६२ नेपाली र ३४१ विदेशी पर्यटक सम्पर्कविहीन भएका हुन्।

पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरका अनुसार विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका पर्यटकहरू बाढीपछि सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा २०३ पुरुष र २०० महिला रहेका छन्। विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन्।

पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुने विदेशी पर्यटकमा भारतका १३३, अमेरिकाका ४७, अष्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४, मलेसियाका १९, युक्रेनका ७, सिङ्गापुरका ६, दक्षिण अफ्रिकाका ६, न्युजिल्याण्डका ५ र जापानका ५ जना रहेका छन्।

यसैगरी जर्मनी, फ्रान्स, रुस, स्पेन, आयरल्याण्ड, नेदरल्याण्डलगायत २५ भन्दा बढी देशका नागरिकसमेत बाढीपछि सम्पर्कविहीन भएको पर्यटन बोर्डले जनाएको छ।

बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रका बस्ती, प्रहरी चौकी तथा भन्सार कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवागढी नाका जोड्ने सडक तथा पुलहरूमा समेत क्षति पुगेपछि आवतजावत प्रभावित भएको छ।

पर्यटक तथा उनीहरूका परिवारलाई आवश्यक जानकारी र सहयोगका लागि नेपाल पर्यटन बोर्डले टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।