२०८३ भाद्र १० बुधबार
२०८३ भाद्र १० बुधबार

भूकम्पपछि हिमपहिरो खस्दा रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले तिब्बती क्षेत्रमा आएको भूकम्पपछि हिमपहिरो खसेका कारण रसुवामा बाढी आएको हुनसक्ने प्रारम्भिक सूचना प्राप्त भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट घटनाबारे जानकारी दिँदै मन्त्री खनालले बिहान ८ बजेर ३७ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको सूचना प्राप्त भएको बताए। भूकम्पपछि हिमपहिरो खसेको र त्यसकै कारण बाढी आएको हुनसक्ने प्रारम्भिक जानकारी प्राप्त भएको उनको भनाइ छ।

‘प्रारम्भिक सूचना अनुसार ८ बजेर ३७ मिनेटमा त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिमपहिरो झरेको र त्यसका कारण बाढी आएको प्रारम्भिक सूचना आएको छ,’ मन्त्री खनालले भने, ‘त्यसलाई थप भेरिफाइ गर्नुपर्ने आवश्यकता देखिन्छ।’

उनका अनुसार बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेसी तथा नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टारलगायतका क्षेत्रमा क्षति पुगेको छ।

मन्त्री खनालले घटनामा परी केही नेपालीले ज्यान गुमाइसकेको सूचना सरकारलाई प्राप्त भएको पनि संसदलाई जानकारी गराए। उनका अनुसार बिहान करिब ८ बजेर ४० मिनेटमा बाढी आएको थियो।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन तथा घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको सरकारले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।