२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

मेलम्चीको विकासको नयाँ रोडम्याप सार्वजनिक, १ अर्ब ६५ करोडको बजेटसहित नगरसभा सम्पन्न

मेलम्ची: अन्ततः स्थगित भएको मेलम्ची नगरपालिकाको २१औँ नगरसभा सम्पन्न भएको छ । बुधबार सम्पन्न नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. १ अर्ब ६५ करोड ६३ लाख २६ हजार २ सय २२ बराबरको बजेट पारित गर्दै आगामी वर्षको विकासको खाका सार्वजनिक गरेको हो ।
नगरसभामा आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो । प्रस्तुत बजेटले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक पूर्वाधार, पर्यटन, युवा तथा खेलकुद, वातावरण संरक्षण, विपद् व्यवस्थापन र सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको छ ।
नगरपालिकाका अनुसार स्थानीय आवश्यकताका आधारमा योजना छनोट गरी विकासलाई प्रभावकारी बनाउने, सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै समावेशी र दिगो विकासलाई अघि बढाउने उद्देश्यका साथ बजेट विनियोजन गरिएको हो ।
नीति, कार्यक्रम तथा बजेटमाथि नगरसभामा विस्तृत छलफल भएको थियो। जनप्रतिनिधि तथा सरोकारवालाबाट प्राप्त सुझावलाई समेट्दै नगरसभाले बजेट सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ ।
नगरसभामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
नगर नेतृत्वले आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयनलाई पारदर्शी, जवाफदेही र परिणाममुखी बनाइने प्रतिबद्धता व्यक्त गर्दै विकासका प्रतिफल नागरिकको घरदैलोसम्म पुर्‍याउने लक्ष्य रहेको जनाएको छ ।
उल्लेखनीय छ, असार १० गते बस्ने तय भएको नगरसभा नियमित समयमा सञ्चालन हुन नसकेपछि स्थगित भएको थियो। बुधबार सम्पन्न नगरसभासँगै नगरपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटले औपचारिक रूपमा कार्यान्वयनको बाटो खुलेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।