x

सैनिक व्यारेक छोडेर ओली पुगे भक्तपुरको गुण्डु

२ आश्विन २०८२, बिहीबार १५:००

एमालेका अध्यक्ष केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएर    भक्तपुरको गुण्डुमा बसाई सरेका हुन्। उनी आन्दोलन चर्किएपछी सैनिक व्यारेकमा आश्रय लिन पुगेका थिए

महेश बस्नेतले डेराको व्यवस्था मिलाएर ओलीलाइ लगेको बताइन्छ ।  बस्नेत गुण्डुकै स्थानीय बासिन्दा पनि हुन्।

जेन–जी आन्दोलनका क्रममा हिंसा भड्किएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सेनाले उनलाई सुरक्षा जोखिमका आधारमा ब्यारेकमै सुरक्षा दिएर राखेको थियो।

आन्दोलनकै क्रममा प्रदर्शनकारीले ओलीको भक्तपुरको बालकोटस्थित घरमा आगजनी गरेका थिए। आगजनीबाट ध्वस्त भएको ओलीको घर तत्काल बस्न लायक छैन। त्यसपछि ओलीले केही दिनयता डेरा खोजिरहेका थिए ।