x

नेपाल आइडल फाइनलिस्ट गंगा सोनामलाई इन्द्रावती गाउँपालिले सम्मान गर्न

१३ भाद्र २०८२, शुक्रबार १२:५४

सिन्धुपाल्चोक । लोकप्रिय रियालिटी शो नेपाल आइडल सिजन–६ को ग्रान्ड फिनालेमा प्रवेश गरेकी इन्द्रावती गाउँपालिका–१० की गंगा सोनामलाई गाउँपालिकाले सम्मान गर्ने भएको छ।

गाउँपालिकाले शुक्रबार बसेको बैठकमार्फत सोनामको प्रतिभा र मेहनतलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गर्ने निर्णय गरेको हो। गाउँपालिकाले गंगा सोनामले नेपाल आइडल को फाइनलसम्म पुगेर इन्द्रावती मात्र नभई सम्पूर्ण सिन्धुपाल्चोक जिल्लाको गौरव बढाएको उल्लेख गरेको छ।

गाउँपालिका अध्यक्षले सोनामलाई सम्मानको निर्णय सार्वजनिक गर्दै स्थानीय युवाको कला र सिर्जनशीलतालाई राष्ट्रिय स्तरमा चिनाउन यस प्रकारको सम्मान र समर्थन अपरिहार्य हुने बताए।

गाउँपालिकाले शुक्रबार बसेको बैठकले सोनामको प्रतिभा र मेहनतलाई सम्मान गर्ने घोषणा गरेको हो। गाउँपालिकाले गंगा सोनामले नेपालको प्रतिष्ठित रियालिटी शोमा फाइनलसम्म पुगेको उपलब्धि इन्द्रावती मात्र नभई सम्पूर्ण सिन्धुपाल्चोककै गौरव भएको उल्लेख गरेको छ।

गाउँपालिकाका अध्यक्षले सोनामलाई सम्मान गर्ने निर्णय सार्वजनिक गर्दै स्थानीय युवाको कला र प्रतिभा उजागर गर्न यस प्रकारको सम्मान आवश्यक रहेको बताए।