x

थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दोमा मेलम्ची ७का ११ वर्षीय ससाङ तामाङलाई सिल्वर मेडल

३१ श्रावण २०८२, शुक्रबार ०८:१४

३० श्रावण २०८२, शुक्रबार — मेलम्ची (सिन्धुपाल्चोक)
मेलम्ची नगरपालिका–७ का ११ वर्षीय ससाङ तामाङले थाइल्यान्डमा सम्पन्न हिरोस तेक्वान्दो इन्टरनेशनल च्याम्पियनसिप मा सिल्भर मेडल जितेर नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उज्यालो पारेका छन्।

अभि तामाङ र लाक्पा दिकी शेर्पाका सुपुत्र ससाङले न्यु तेक्वान्दो गोकर्णेश्वर एकेडेमीबाट छोटो समयमै उल्लेखनीय सफलता हात पारेका हुन्। पाचौं समूहबाट प्रतिस्पर्धा गर्दै उनले दोश्रो स्थान हासिल गर्दै उपविजेताको पदक जिते।

उक्त प्रतियोगितामा २८ देशका करिब ३,८०० खेलाडी सहभागी थिए। तीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै ससाङले नेपालको झण्डा थाइल्यान्डमा फहराएका थिए। उनको प्रशिक्षणमा मुना मगर मुख्य प्रशिक्षकको रूपमा सहभागी रहिन्।

ससाङको यस उपलब्धिले उनका बुबा–आमा, मेलम्ची नगरवासी र सम्पूर्ण नेपालीमा गौरवको अनुभूति दिलाएको छ। खेल क्षेत्रमा प्रारम्भिक उमेरमै यस्तो सफलता पाएकोमा उनको प्रशंसा भैरहेको