x

स्थानीय तह क्षमता स्वमूल्यांकनमा उत्कृष्ट तिलाेत्तमा नगरपालिका सम्मानित

८ भाद्र २०८२, आईतवार ०८:०५

रुपन्देही । आर्थिक वर्ष २०८०/८१ मा नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह क्षमता स्वमूल्यांकनमा रुपन्देहीको तिलोत्तमा नगरपालिका उत्कृष्ट ठहर भएको छ।

मन्त्रालयमा शुक्रबार आयोजित विशेष कार्यक्रममा तिलोत्तमा नगरपालिकालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।

सम्मान ग्रहण गर्दै नगरप्रमुख रामकृष्ण खाणले यो उपलब्धि सम्पूर्ण नगरवासीको साझा सफलता भएको बताउनुभयो। उहाँले नगरवासीको निरन्तर सहयोग र साथप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह तथा स्थानीय शासन सुदृढीकरणतर्फ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।