x

सृजनशील र योङ स्टार फाइनलमा

५ कार्तिक २०८२, मंगलवार ०४:२३

सृजनशील युवा क्लब मेलम्ची ७ छाप र योङ स्टार युवा क्लव मेलम्ची ७ भोटेचौरमा जारी तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

आज भएको पहिलो सेमिफाइनलमा मेलम्ची नगरपालिका वडा नम्बर २ लाई २-० को सोझो सेटमा पराजित गर्दै सृजनशील युवा क्लबले फाइनलमा स्थान बनाएको हो।

दोस्रो सेमिफाइनलमा मेलम्ची नगरपालिका वडा नम्बर १२ लाई मेलम्ची नगरपालिका वडा नम्बर ७ को योङ स्टार युवा क्लबले २-० को सोझो सेटमा पराजित गर्यो ।
पराजित मेलम्ची -१२ ले तेस्रो स्थानका लागि मेलम्ची नगरपालिका वडा नम्बर २ सँग प्रतिस्पर्धा गर्नुपर्नेछ।

प्रतियोगिताको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।