
३१ श्रावण २०८२, शुक्रबार ११:४३
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ७.६० प्रतिशतले बढ्यो
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत वर्षको तुलनामा नाफा ७.६० प्रतिशतले बढेको जानकारी दिएको छ। समीक्षा वर्षमा कम्पनीले ३७ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यो रकम ३५ करोड ८ लाख रुपैयाँ थियो।
वित्तीय विवरणअनुसार, समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोष १५ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ३४ करोड २६ लाख रुपैयाँ र अन्य इक्विटी ८ करोड ९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा महाविपत्ति कोष १२ करोड १ लाख, रिटेन्ड अर्निङ १ अर्ब २४ करोड २२ लाख र अन्य इक्विटी ७ करोड २६ लाख रुपैयाँ थियो।
जीवन बीमा कोषको आकार पनि उल्लेख्य वृद्धि भएको छ। गत वर्षको अन्त्यमा यो कोष १९ अर्ब २९ करोड ८१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १४ अर्ब ३३ करोड ७० लाख रुपैयाँको तुलनामा ३४.६० प्रतिशत बढी हो।
बीमाशुल्क संकलनमा पनि वृद्धि भएको छ। समीक्षा वर्षमा कम्पनीले ७ अर्ब ५३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको ६ अर्ब १८ करोड ७२ लाख रुपैयाँभन्दा १३.२२ प्रतिशत बढी हो। त्यस्तै, खुद बीमाशुल्क संकलन १५.२९ प्रतिशत बढेर ६ अर्ब ७६ करोड ६ लाख रुपैयाँ पुगेको छ।
५ अर्ब १ करोड ४९ लाख रुपैयाँ शेयरपुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) भने घटेर ७.५३ रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष ८.३८ रुपैयाँ थियो। पीई रेसियो ५४.४७ गुणा र प्रतिशेयर नेटवर्थ १११.५९ रुपैयाँ कायम छ।
