
५ कार्तिक २०८२, मंगलवार १५:२५
४ कात्तिक, काठमाडौं ।
नेकपा (एमाले) ले वर्तमान सरकारले निर्धारित समयमा आगामी निर्वाचन गराउन नसक्ने आशंका व्यक्त गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सर्वदलीय बैठकमा एमालेले यस्तो चिन्ता प्रकट गरेको हो।
बैठकमा एमाले तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी थिए।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार एमाले नेताहरूले बैठकमा बोल्दै वर्तमान सरकारको चुनाव व्यवस्थापन क्षमतालाई प्रश्न गरेका थिए।
“एमाले नेताहरूले सरकारले निर्धारित समयमा चुनाव गराउन नसक्ने सम्भावना औंल्याएका छन्, तर चुनावको विरोध भने गरेका छैनन्,” प्रवक्ता खरेलले जानकारी दिए।
सर्वदलीय बैठकमा आगामी निर्वाचनका तयारी, कानुनी प्रक्रिया र निर्वाचन मिति निर्धारणसम्बन्धी विषयमा छलफल भएको बताइएको छ।