x

वरिष्ठ उपाध्यक्ष पोखरेलको फरक मत

१९ भाद्र २०८२, बिहीबार १६:२६

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मत प्रस्तुत गर्नुभएको छ।

पूर्वउपराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण रोकिएको विषयलाई केन्द्रीय कमिटी बैठकको औपचारिक कार्यसूचीमा नराखी निर्णय सुनाइएको भन्दै पोखरेलले असन्तुष्टि जनाउनुभएको हो। उहाँले यस कदमले पार्टीभित्र अस्वस्थ वातावरण र स्वेच्छाचारितालाई प्रोत्साहन गर्ने चेतावनी दिनुभयो।

पोखरेलले भण्डारीको सदस्यता नवीकरण रोकिनु ‘पूर्वाग्रहको गम्भीर दृष्टान्त’ को रूपमा बुझिन सक्ने बताउँदै पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्ने खतरा रहेको टिप्पणी गर्नुभएको छ ।