x

लिबर्टी एकेडेमी सेकेण्डरी स्कुलकाे २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

२८ फाल्गुन २०८१, बुधबार २१:१९

काठमाडौं, गाेकर्णेश्वर — गाेकर्णेश्वर नगरपालिका-६, अत्तरखेलस्थित लिबर्टी एकेडेमी सेकेण्डरी स्कुल काे २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्य रूपमा सम्पन्न भएकाे छ। गाेकर्णेश्वरस्थित छिमेकी पार्टी प्यालेस मा आयोजित कार्यक्रममा हजाराैँकाे उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमकाे प्रमुख अतिथि संघीय सांसद शान्ति श्रेष्ठ रहनुभएको थियो भने विशेष अतिथिका रूपमा गाेकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा, शिक्षा शाखा प्रमुख बिर बहादुर खड्का, युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सन्जय लामा, तथा जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा उपस्थित थिए।

विद्यालयका प्रधानाध्यापक तथा सभापति ओमप्रसाद ढकाल ले विद्यालयकाे ऐतिहासिक पृष्ठभूमि, शैक्षिक यात्राका उपलब्धिहरू तथा भावी योजनाहरूबारे प्रकाश पार्नुभयो।

कार्यक्रममा विद्यार्थीहरूले उत्कृष्ट साँस्कृतिक प्रस्तुतीहरू प्रदर्शन गरेका थिए भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान समेत गरिएको थियो।

उक्त अवसरमा अभिभावक, विद्यालयका शिक्षक-शिक्षिका, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो। लिबर्टी एकेडेमी ले शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै अतिथिहरूले विद्यालयलाई अझ उचाइमा पुर्‍याउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिए।