काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ।
आज बसेको केन्द्रीय समितिको बैठकले शाहलाई संसदीय दलको नेतामा चयन गरेको हो। बैठकमा पार्टी सभापति रवि लामिछाने ले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेताका रूपमा प्रस्ताव गर्नुभएको थियो।
उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको पार्टीका प्रवक्ता मनिष झा ले जानकारी दिनुभयो।
शाहको नेतृत्वमा रास्वपाले संसदमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।