काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा पार्टी विधान संशोधनसहित नयाँ केन्द्रीय कमिटीको संरचना प्रस्ताव गरिएको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा प्रस्तुत हुने प्रस्तावअनुसार केन्द्रीय कमिटीको संख्या बढाएर ३०१ सदस्यीय बनाइने भएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, नयाँ संरचनामा १९ सदस्यीय पदाधिकारी रहने व्यवस्था गरिएको छ। जसअनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन्।

त्यसैगरी पोलिटब्युरो ९९ सदस्यीय बनाइने र पोलिटब्युरोको एक तिहाइ सदस्य रहने गरी स्थायी कमिटी गठन गरिने प्रस्ताव छ। यसअघि २५१ सदस्यीय रहेको केन्द्रीय कमिटीलाई समावेशी प्रतिनिधित्व बढाउने उद्देश्यसहित विस्तार गरिएको पार्टीले जनाएको छ।

यस्तो रहनेछ केन्द्रीय कमिटीको प्रस्तावित संरचना :

१) पदाधिकारी (१९ जना)

  • अध्यक्ष : १
  • उपाध्यक्ष : ५
  • महासचिव : १
  • उपमहासचिव : ३
  • सचिव : ९

२) प्रदेश प्रतिनिधित्व (उपत्यकासहित ८ प्रदेश) – ७२ जना

  • खुल्ला : ५
  • महिला : ३
  • युवा : १

३) खुल्ला कोटा – १२५ जना

  • खुल्ला : ७१
  • महिला : ५२
  • युवा : २

४) आदिवासी/जनजाति – २५ जना

  • खुल्ला : १५
  • महिला : ८
  • युवा : २

५) मधेसी – २० जना

  • खुल्ला : ११
  • महिला : ६
  • युवा : २

६) प्रवास – २ जना

  • भारत : १
  • अन्य देश : १

७) श्रमिक – ३ जना

  • खुल्ला : २
  • महिला : १

८) अपाङ्गता भएका व्यक्ति – १ जना

  • खुल्ला : १

९) दलित – १२ जना

  • खुल्ला : ७
  • महिला : ४
  • युवा : १

१०) थारु – ८ जना

  • खुल्ला : ५
  • महिला : ३

११) मुस्लिम – ५ जना

  • खुल्ला : ४
  • महिला : १

१२) पिछडिएको क्षेत्र – २ जना

  • खुल्ला : १
  • महिला : १

पार्टी नेतृत्वले समावेशीता, क्षेत्रीय सन्तुलन र सहभागिता बढाउने उद्देश्यसहित केन्द्रीय कमिटीको संरचना परिमार्जन गरिएको जनाएको छ। प्रस्तावित विधान संशोधन र संरचना बन्दसत्रबाट पारित भएपश्चात् नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइनेछ।