काठमाडौं, चैत २१ । शेखर कोइराला ले नेपाली कांग्रेस लाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्ति बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पताल को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टीभित्र एकता कायम गर्दै कांग्रेसलाई पुनः पहिलो पार्टीको रूपमा स्थापित गर्ने आफ्नो मुख्य इच्छा रहेको बताए। “कांग्रेसलाई एकढिक्का बनाई आगामी निर्वाचनमा फेरि पहिलो पार्टीको रूपमा प्रस्तुत गर्ने मेरो उद्देश्य हो,” उनले भने।

यसैक्रममा उनले आफू पार्टीको कुनै पनि समूह वा गुटमा नरहेको स्पष्ट पारे। सामाजिक सञ्जालमा आफूलाई विभिन्न पक्षसँग जोडेर गरिएको प्रचारप्रति असन्तुष्टि जनाउँदै उनले त्यस्ता हल्लाको खण्डन गरे।

नेता कोइरालाले पार्टीभित्रको एकता नै आगामी निर्वाचनमा सफलता हासिल गर्ने मुख्य आधार हुने धारणा राखेका छन्।