x

मेलम्ची–११ मा राप्रपाको वडा अधिवेशन सम्पन्न, रामबहादुर तामाङसहित १५ सदस्यीय टिम निर्विरोध निर्वाचित

२१ भाद्र २०८२, शनिबार १२:०९

मेलम्ची नगरपालिका–११ मा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा अधिवेशनबाट रामबहादुर तामाङसहित १५ सदस्यीय टिम निर्विरोध निर्वाचित भएका छन्।

उनिहरुलाई निर्विरोध निर्वाचित भई प्रमाणपत्र प्रदान गरिएको बताइएको छ । निर्वाचित कार्यसमितिलाई केन्द्रिय सदस्य जयप्रकाश गुरागाई, , प्रदेश सांसद एवम क्षेत्रीय अध्यक्ष कुमारी तामाङ,,मेलम्ची अध्यक्ष रामशरण महरा , शेषबहादुर तामाङ लगायतले शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गर्नुभयो।

कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको बताइएको छ। उपस्थित नेताहरुले यसलाई मेलम्चीको लागि आशा लाग्दो र उत्साहजनक कदमको रूपमा लिएका छन्।