x

मेलम्चीमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

१३ भाद्र २०८२, शुक्रबार १०:२२

मेलम्ची – आर्थिक वर्ष २०८१/८२ का लागि मेलम्ची नगरपालिकामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको दुई दिने वार्षिक समीक्षा गोष्ठी शुक्रबार सम्पन्न भएको छ।

नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरूले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आफ्ना उपलब्धि र चुनौतीहरूको मूल्याङ्कन गरेका थिए। सो क्रममा सहभागीहरूले आगामी दिनमा अझ प्रभावकारी ढंगले स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक सुधारका उपायहरूमा प्रतिबद्धता जनाएका थिए।

समापन सत्रमा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अधिकृत प्रणव गिरी, नर्सिङ अधिकृत लक्ष्मी तामाङ लगायत स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो। गोष्ठीमा करिब ३० जना सरोकारवालाहरूले सक्रिय सहभागिता जनाएका थिए।