
१२ भाद्र २०८२, बिहीबार १४:१६
मेलम्ची । आर्थिक वर्ष २०८१/८२ का लागि मेलम्ची नगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमहरूको दुईदिने वार्षिक समीक्षा गोष्ठी आजदेखि सुरु भएको छ ।
उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरूले आफ्नो वार्षिक प्रगति प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै आगामी दिनमा स्वास्थ्य सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक सुधारबारे विस्तृत छलफल हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पर्शुराम श्रेष्ठले जानकारी दिनुभयो ।
गोष्ठीमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, फेयरमेड, नगरपालिका स्वास्थ्यका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको छ ।

