मेलम्ची, वैशाख १८ — मेलम्ची नगरपालिका र बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र (HRDC) को संयुक्त लागत साझेदारीमा मेलम्ची नगरपालिका वडा नं ११ स्थित नगर अस्पतालमा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।

नगर प्रमुख आइतमान तामाङको अध्यक्षता र प्रदेश सभा सदस्य माननीय कृष्ण कुमार तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम वडा नं ११ र १० का वडा अध्यक्ष क्रमशः चन्द्र बहादुर तामाङ र अमृत खनाल, जनस्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठ, अस्पताल ईञ्चार्ज ज्ञानेन्द्र घोरासैनी, ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष एकादत्त धिताल, डा. किरण श्रेष्ठ, टुकी संघ सुनकोसीका महेन्द्र कार्की लगायत नगरपालिका र HRDC का अन्य प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको हो।

समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम (CBR) अन्तर्गत आयोजित शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै सहायक उपकरण वितरणसमेत गरिएको थियो। आज सम्पन्न शिविरबाट देहायअनुसार सेवा प्रदान गरिएको छ:

स्वास्थ्य परीक्षण (बालबालिकासहित): ८८ जना (४७ पुरुष, ४१ महिला)

वाकर वितरण: २ जना

लौरो वितरण: ६ जना

एल्बो बैशाखी वितरण: १ जना

फिजियोथेरापी सेवा: ८८ जना

कृत्रिम खुट्टा निर्माणका लागि नापजाँच: १६ जना

शल्यक्रियाका लागि रिफरल: ८ जना

विशेषज्ञ चिकित्सक कन्सल्टेन्ट र परीक्षणका लागि रिफरल: २ जना रहेको नगरपालिकाका महिला बालबालिका तथा सामाजिक समाबेशिकरण शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।

यस अघि पाँचपोखरी, हेलम्बु लगायत बिभिन्न पालिकामा सिबिर सम्पन्न भै सकेको र भोलि हैबुङमा हुने आयोजकले जनाएको छ ।