x

भिमटारमा चितुवाको आतंक , तीन बाख्रा मारिए 

३१ भाद्र २०८२, मंगलवार ०३:४८

रविन दनुवार 

इन्द्रावती १२ आँपटारको एक किषानको गोठमा चितुवाले आक्रमण गरि तीन बाख्रा मारेको छ । गए राति मध्यान्ह पारि चितुवाले स्थानीय बासि  कुमार दनुवारको गोठमा आक्रमण गरेको हो । 

दशैको मुखमा गोठको बाख्रा र बोका मारिदा किसान चिन्तित भएका छन् । दशैको लागि साचेर राखेको बोकालाई समेत चितुवाले मारेको दनुवारको भनाइ छ । पछिल्लो समयमा चितुवाको आतंक बढ्दो रहेको भन्दै रातिको समयमा सचेत रहन दनुवारले आग्रह समेत गर्नुभयो ।