
१ आश्विन २०८२, बुधबार १५:२७
बिनोद नेपाल स्मृति फाउण्डेसनको सहयोगमा इन्द्रेश्वरीमा इन्जिनियरिङ अध्ययन गरेका २ विद्यार्थी सम्मानित
बिनोद नेपाल स्मृति फाउण्डेसनको छात्रवृत्तिमा मेलम्ची नगरपालिका ११ स्थीत श्री ईन्द्रेश्वरी माध्यमिक विद्यालयमा इन्जिनियरिङ्ग अध्ययन गरेका २ जना विद्यार्थीलाई सम्मानपत्र द्धारा सम्मान गरिएको छ । कक्षा ९ देखि १२ सम्मको प्राविधिक संकाय अन्र्तगत सिभिल इन्जिनियरिङ्ग तर्फको सव इन्जिनियर कोर्ष सफलतापुर्वक सम्पन्न गरेका विद्यार्थीलाई थप सफलताको कामना सहित आज सम्मान गरिएको फाउण्डेशनका संस्थापक अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयो । सम्मानित हुनेमा मेलम्ची १०का राजु दनुवार र मेलम्ची ६की निरुता आचार्य रहेको फाउण्डेशनका सचिव रोहिणिराज नेपालले बताउनुभयो । फाउण्डेशनले अहिले इन्द्रेश्वरीमा ईन्जिनियरिङ अध्ययन गर्दै गरेका पाँच जना छात्रछात्रालाई पुर्ण छात्रवृत्ति उपलब्ध गराएको छ । भने आगामी बर्षबाट कक्षा ९मा अध्ययन गर्नेलाई समेट्न नसकिने उल्लेख गरिएको छ ।
समाजसेवी गंगादत्त नेपालको छोरा बिनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा २०७६ सालमा कार दुर्घटनामा परि निधन भएको थियो । उहाँको सम्झनामा गठन गरिएको फाउन्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।
अमेरिकामा पढ्न गएको ३ महिनामा बिनोदको निधन भएको थियो । ईन्जिनियरिङको उच्च अध्ययन गरेर देशको भविष्य सुधार्ने योजनाका साथ अध्ययन गर्न गएका विनोदको सपना पूरा नभएको र त्यो सपना पूरा गर्नको लागि फाउण्डेसनले काम गरिरहेको अध्यक्ष नेपालको भनाई छ । विद्यार्थीको भविष्य उज्ज्वल बनाउनको लागि छात्रवृत्ति दिलाइएको उहाँले बताउनुभयो ।
