
२२ भाद्र २०८२, आईतवार ११:४१
काठमाडौं, भदौ २१ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले जेन–जेडले काठमाडौंमा गर्न लागेको आन्दोलनप्रति समर्थन जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै मेयर साहले उक्त र्याली स्पष्ट रूपमा स्वतःस्फूर्त हुने बताएका छन् । तर उनले कुनै पनि राजनीतिक दलका नेता, कार्यकर्ता, सांसद वा अभियन्ताले यसलाई आफ्नो स्वार्थ पूरा गर्ने माध्यम नबनाउन चेतावनी दिएका छन् ।
उनले लेखेका छन्, “भोलिको र्याली स्पष्ट स्वस्फूर्तरूपमा जेन–जेडको हो र उहाँहरू भनेको २८ वर्ष मुनिका युवाहरू हुनुहुन्छ । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न मन छ । तर कुनै पार्टी वा नेताले यसलाई स्वार्थ साधनको अवसर नबनाउनुहोस् ।”
साहले आफू उमेर सीमाका कारण प्रत्यक्ष सहभागी हुन नसक्ने भए पनि आन्दोलनलाई पूर्ण समर्थन रहने बताएका छन् ।