x

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

३१ भाद्र २०८२, मंगलवार १४:२८

काठमाडौं, ३१ भदौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।

मंगलवार अपराह्न सिंहदरबारमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन्। भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपालको विकास, पुनर्निर्माणमा भारतले सघाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ। साथै नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको बताए।

भारतले जेनजी आन्दोलनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी हुन्।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरिएको छ।