x

नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोको दोस्रो ग्रेडिङ सम्पन्न

१३ असार २०८२, शुक्रबार १०:११

नेपाल गोजुरियो कराँते संघ प्रगती डोजो मेलम्चीको प्रशिक्षणरत कराँते खेलाडीहरुको दोस्रो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ , नेपाल गोजुरियो कराँते संघका केन्द्रिय सचिव सानुबाबु गिरी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षार्थिमध्ये १ जनालाई ब्ल्याक , २ जनालाई एल्लो,१९ लाई ग्रीन, २ जनालाई ओरेन्ज बेल्ट र ७ जनालाई ब्ल्यु बेल्ट प्रदान गरिएको नेपाल गोजुरियो कराँते संघ प्रगती डोजोका प्रशिक्षक चन्द्र तामाङले जानकारी दिनुभयो । बेल्ट प्रदान गर्दै प्रमुख अतिथि वडा अध्यक्ष तामाङले सिङ्गो खेलकुद क्षेत्र मानव जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो । उहाँले अनुशासित र लगनशिल भएर खेललाई निरन्तरता दिदैँ आगामी दिनमा राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तर सम्म खेल्न सक्ने भएर अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले बिद्यालयला क्लबका पदाधिकारी तथा बिभिन्न समुह र क्लासका टोली नेता तथा उपनेता हरुलाई बधाई समेत ज्ञापन गर्नुभयो ।
। कराँतेको सहजिकरण विजय तामाङ र चन्द्र तामाङले गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिजयकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम प्रिन्सिपल ऋषिराम नेपालले सञ्चालन गर्नुभएको थियो