
१३ भाद्र २०८२, शुक्रबार १५:४१
काठमाडौं । नेपाली लोक तथा दोहोरी गीत ‘मै थपुँला सही’ सार्वजनिक गरिएको छ । बिहीबार सुदीप अधिकारीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा गायक सुदीप अधिकारी र गायिका रभना रिमालको स्वर रहेको छ।
गीतको लय र शब्द नवराज तिमल्सिना ‘एकान्ते’ले तयार पारेका हुन् भने भिडियो आठ मिनेट ३४ सेकेण्डको रहेको छ। उत्कृष्ट छायाङ्कनसहित तयार भएको भिडियोमा लोमस शर्मा र करिष्मा ढकालले आकर्षक मोडलिङ गरेका छन्।
लोक तथा दोहोरीको मौलिक शैलीमा तयार गरिएको ‘मै थपुँला सही’ दर्शक तथा श्रोतालाई मनपर्ने अपेक्षा लिइएको छ।