x

नेपाललाई एससीओको पूर्ण सदस्य बनाउन प्रस्ताव : प्रधानमन्त्री ओली

१६ भाद्र २०८२, सोमबार १४:१८

१६ भदौ, काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्य बनाउन प्रस्ताव गर्नुभएको छ।

चीनको तियान्जिनमा सोमबार आयोजित एससीओको प्लस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल २०१६ देखि एससीओको डाइलग पार्टनर रहेको उल्लेख गर्दै अब पूर्ण सदस्यताका लागि आशावादी रहेको बताउनुभयो।

“हामीलाई अहिले अझ एकीकृत, अझ समाहित र लचिलो एससीओको खाँचो छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “गहिरिँदै गएका भूराजनीतिक, आर्थिक र पारिस्थितिक संकटहरूलाई सामूहिक रूपमा सामना गर्नुपर्छ।”

प्रधानमन्त्री ओलीले नेपाललाई डाइलग पार्टनरबाट सदस्य राष्ट्रमा अपग्रेड गर्न आग्रह गर्दै एससीओसँगको सहकार्यलाई अझ मजबुत बनाउन इच्छुक रहेको स्पष्ट गर्नुभयो।