
११ भाद्र २०८२, बुधबार १४:३४
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई जनताले विश्वास नगरे देश बच्न नसक्ने टिप्पणी गर्नुभएको छ।
बुधबार काठमाडौंमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद–२०८२ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। अध्यक्ष दाहालले जनताले माओवादीलाई अस्वीकार गरे मुलुक दुर्घटनामा पर्ने दाबी गर्दै विगतमा सरकारले नराम्रा काम नगरेको जिकिर गर्नुभयो।
उहाँले नेपाली कांग्रेस र नेकपा एमालेलाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभयो। साथै वर्तमान सरकार डरका कारण बनेको भन्दै सुशासन दिनका लागि नभएको पनि दाबी गर्नुभयो।
माओवादी नेतृत्वको सरकारमा आवश्यक पाठ्यक्रम, योजना र नीति बन्न नसकेको स्वीकार गर्दै अध्यक्ष दाहालले विगतका कमजोरी सच्याएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो
