
५ कार्तिक २०८२, मंगलवार १०:४८
भोटेचौरमा सम्पन्न तेस्रो नगरस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि मेलम्ची ७ को योङ स्टार युवा क्लबले हात पारेको छ। आज भएको फाइनल खेलमा मेलम्ची ७ कै सृजनशील युवा क्लबलाई पराजित गर्दै योङ स्टारले उपाधि हात पारेको ।
उसले उपाधिसँगै १ लाख रुपैयाँ नगद समेत प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाएको सृजनशील क्लबले ५० हजार रुपैयाँ पाएको छ ।
त्यस्तै मेलम्ची २ लाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको मेलम्ची १२ ले २५००० नगद प्राप्त गरेको आयोजक क्लबका अध्यक्ष परशुराम चौलागाईंले जानकारी दिनुभयो ।
वडा नम्बर १ को सहयोग र भोटेचौर स्पोट्र्स क्लबको आयोजनामा २ गतेबाट सुरु भएको प्रतियोगितामा नगरपालिकाभित्रका १३ वटा टोली सहभागी भएका थिए।
बिजेतालाई मेलम्ची -१ का वडा अध्यक्ष कृष्णमुरारी चौलागाईं लगायतले पुरस्कार वितरण गर्नुभएको स्थानीय शिक्षक दिप खतिवडाले जानकारी दिनुभयो ।