x

तिहार आजदेखि विधिवत् आरम्भ

२ कार्तिक २०८२, शनिबार ०३:५५

काठमाडौँ, कार्तिक १ ।
उज्यालोको पर्वका रूपमा लिइने यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा सुरु भएको छ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व यस वर्ष पनि उल्लासपूर्वक मनाइने तयारी गरिएको छ।

नेपाल पञ्चाङ निर्णायक समितिका अनुसार आज दिउँसो १ बजेर २३ मिनेटसम्म द्वादशी तिथि रहने र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजबाट तिहार औपचारिक रूपमा सुरु भएको हो।

यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको छ। यस दिनलाई धनवन्तरी जयन्ती पनि मनाइन्छ।

तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा सोमबार एउटै दिन पर्ने भएको समितिले जनाएको छ।

तिहारलाई उज्यालो, रंग, र प्रेमको पर्वका रूपमा लिइन्छ। घरघरमा सरसफाइ, दीप प्रज्वलन, रंगोली, र देउसी–भैलो कार्यक्रमसँगै पाँच दिनसम्म यो पर्व मनाइन्छ।