x

तिहारमा फूलमाला बिक्री गर्न काठमाण्डौ महानगरले तोक्यो ३२ ठाउँ, विदेशी फूल प्रतिबन्ध

२५ आश्विन २०८२, शनिबार ०४:०८

काठमाडौ ।
काठमाडौं महानगरपालिकाले तिहारमा फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थानहरु तोकेको छ ।
शुक्रवार पत्रकार सम्मेलन गर्दै महानगरले फूलमाला विक्री वितरणका लागि ३२ वटा स्थान तोकेको हो । तिहारमा हुने अव्यवस्थित फूलमालाको बजार व्यवस्थापन गर्न ३२ स्थान तोकेको महानगरले जनाएको छ । ती ३२ स्थानमा हुने फूलमाला विक्री तथा वितरण केन्द्रमा नेपाली किसानको उत्पादनमात्रै राख्न पाइनेछ ।

महानगरले विशेष गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित यस्तो कदम चालेको बताएको छ । विगतमा भारत लगायत अन्य मुलुकबाट आयात गरिने फूलमालालाई प्रतिस्थापन गर्न तथा नेपाली कृषक र स्थानीय उद्यमीलाई बजार उपलब्ध गराउने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

नगर प्रहरी प्रमुख पाण्डेकाअनुसार नयाँ बानेश्वर, शंखमुुल, मध्यबानेश्वर, बत्तिसपुतली,े तिनकुने चौर,े सिफल चौर, चावहिल, स्वयम्भु, कालीमाटि, कलंकी, नयाँ बजार, माछापोखरी, हाँडिगाउँ, सामाखुसी , महाराजगञ्ज, गोंगबु, चपलकारखाना, बालुवाटार, कामलादी, पुतली सडक, अनामनगर,सुन्धारा,अद्वेतमार्गको न्यूप्लाजामा विक्री वितरण केन्द्र तोकिएको हो ।

उनले अवैध रुपमा विदेशी फूलमाला ल्याइ बेचेको पाइए महानगर प्रहरीलाई सूचना दिन आग्रह गर्दै नेपाली उत्पादनलाई प्रोत्साहन गर्न आह्वान गरे। नगर प्रहरी प्रमुख पाण्डेले छिमेकी मुलुकबाट आएका अवैध फूलहरु विक्री गरेको पाइए अनुगमन गरी कारबाही गर्ने चेतावनी दिए ।