x

जुगल गाउँपालिका र अपाङ्ग बाल अस्पतालबीच सम्झौता

१३ भाद्र २०८२, शुक्रबार १२:०५

सिन्धुपाल्चोक, भदौ १३। जुगल गाउँपालिका र बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रबीच १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनर्स्थापना, सहायक सामग्री र कृत्रिम अङ्ग उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको छ।

सम्झौताअनुसार “अपाङ्गता व्यवस्थापन तथा मुलप्रवाहीकरण” कार्यक्रम आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म सञ्चालन हुनेछ। यसमार्फत अपाङ्ग बालबालिकाको अनुगमन, उपचार र सामाजिकीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रम गाउँपालिका अध्यक्ष रेशम स्याङबो, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिक, सिबिआर सुपरभाइजर टिका बिश्वकर्मा लगायतको उपस्थितिमा सम्पन्न भएको हो।