x

चौतारामा कृषि कार्यक्रम सार्वजनिक र समीक्षा गोष्ठी सम्पन्न

१३ भाद्र २०८२, शुक्रबार १२:०१

सिन्धुपाल्चोक
बागमती प्रदेश अन्तर्गत काभ्रेपलान्चोकको बागबानी विकास केन्द्र पाँचखाल र कृषि विकास कार्यालय धुलिखेलको संयुक्त आयोजनामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रम सार्वजनिक तथा २०८१/८२ को प्रगति समीक्षा गोष्ठी शुक्रबार सिन्धुपाल्चोक जिल्ला समन्वय समिति सभाहल, चौतारामा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले ब्यानरमा हस्ताक्षर गरी औपचारिक रूपमा उद्घाटन गर्नुभयो। गोष्ठीमा कृषि विकास कार्यालय काभ्रेपलान्चोकका प्रमुख कुल प्रसाद दवाडीले वार्षिक कार्यक्रम प्रस्तुत गर्नुभयो भने बागबानी विकास केन्द्र पाँचखालका प्रतिनिधि विष्णु बोगटीले अर्को प्रस्तुति दिनुभयो।

समीक्षा कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख बन्धु प्रसाद बस्तोला, मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तधोज बोहरा, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, कृषि अधिकृत, सहकारी संस्था, पत्रकार, संघ–संस्था तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

खुला छलफलमा सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ कृषि विकास कार्यालयका प्रमुखले दिनुभयो। कार्यक्रममा समापन मन्तव्य पनि प्रमुख अतिथि बालकृष्ण श्रेष्ठले दिनुभएको थियो ।