x

घुमघामको याम : गण्डकी प्रदेशका आकर्षण

८ भाद्र २०८२, आईतवार ०७:५८

यस शरद ऋतु घुमघामका लागि गण्डकी प्रदेश धेरैको रोजाइमा पर्छ । यहाँ प्रकृति, संस्कृति र साहसिक खेल मुख्य आकर्षण हुन् । पोखरा त पर्यटकीय राजधानी नै घोषित भइसकेको छ ।

प्रमुख गन्तव्य

  • कास्की : फेवाताल, बेगनास, रुपाताल, अन्नपूर्ण आधार शिविर, घान्द्रुक, धम्पुस, विश्वशान्ति स्तुपा
  • बागलुङ : कालिका भगवती, ढोरपाटन सिकार आरक्ष, पञ्चकोट, गाजाको दहल, झरनाहरू
  • मनाङ–मुस्ताङ : तिलिचो ताल, थोरङ पास, मुक्तिनाथ, लोमान्थाङ, दामोदर कुण्ड, ढुम्बा ताल
  • म्याग्दी : धवलागिरि, पुनहिल, घोरेपानी, रुप्से छहरा
  • पर्वत : जलजला, पञ्चासे, झोलुङ्गे पुल, बञ्जी जम्प
  • स्याङ्जा : सिरुबारी गाउँ, राम्दीघाट, मिर्मी
  • लमजुङ : लमजुङ दरबार, घलेगाउँ, भुजुङ गाउँ
  • गोरखा : गोरखा दरबार, मनकामना, मनास्लु हिमाल
  • तनहुँ : बन्दीपुर, देवघाट, व्यास क्षेत्र
  • नवलपुर : मौलाकालिका, त्रिवेणी, देवचुली

विशेषता

  • हिमालदेखि तालतलैया, झरना र गुफासम्मको प्राकृतिक विविधता
  • गोरखा दरबार, लोमान्थाङ दरबारजस्ता ऐतिहासिक सम्पदा
  • प्याराग्लाइडिङ, बन्जी जम्प, क्यानोनिङजस्ता साहसिक खेल
  • सिरुबारीको घरबास कार्यक्रममार्फत ग्रामिण पर्यटन

गण्डकी प्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवका कारण वर्षेनि लाखौँ आन्तरिक तथा विदेशी पर्यटकको रोजाइ बन्दै आएको छ।