x

गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतिस्पर्धामा थाङ्पालधापका विद्यार्थी प्रथम र द्वितीय

२६ मंसिर २०८२, बिहीबार १५:०५

पाँचपोखरी थाङ्गपाल गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा थाङ्पालधाप माध्यमिक विद्यालयका उज्ज्वल प्रतिभा अस्मिता भारती र दार्शनिक पौड्यालले क्रमशः प्रथम र द्वितीय स्थान हात पार्दै विद्यालयको गौरव उचालेका छन् । “परिवर्तनका लागि सामाजिक सञ्जाल, बालविवाह र अनलाइन हिंसा रोक्न हाम्रो भूमिका” भन्ने महत्वपूर्ण शीर्षकसँग सम्बन्धित वक्तृत्वकला प्रतिस्पर्धामा २० जना विद्यार्थी सहभागी भएका थिए ।

समाज परिवर्तनका संवेदनशील विषयमा निर्भीक आवाज उठाएका विद्यार्थीहरूको प्रस्तुतीले निर्णायकदेखि दर्शकसम्म सबैलाई प्रभावित गरेको थियो । अस्मिता र दार्शनिकले प्रस्तुत गरेको विचार, आत्मविश्वास र विश्लेषण क्षमताले विद्यालय मात्र होइन, सम्पूर्ण समुदायको मान–प्रतिष्ठालाई झनै उज्यालो बनाएको छ ।

यस उपलब्धिलाई सम्भव बनाउन निरन्तर मार्गदर्शन गर्ने शिक्षक, साथ र सहयोग प्रदान गर्ने अभिभावक तथा प्रोत्साहन जुटाइरहने थाङ्पालधाप माध्यमिक विद्यालय परिवारप्रति विद्यालय प्रशासनले विशेष आभार व्यक्त गरेको छ ।

प्रधानाध्यापक आत्मराम दङ्गालले विद्यार्थीहरूको यो सफलता आगामी पुस्ताको दिशानिर्देशनका लागि प्रेरणादायी भएको बताए । उनले विद्यालय परिवारका सबै सदस्यलाई बधाई दिँदै विद्यार्थीहरूको क्षमतालाई अझ उचाइमा पुर्‍याउन निरन्तर साथ र समर्थन रहने विश्वास व्यक्त गरे ।