
५ जेष्ठ २०८२, आईतवार १५:२४
नेपाल खेलकुद महासंघ सिन्धुपाल्चोककले नयाँ नेतृत्व पाएको छ । आइतबार जिल्ला सदरमुकाम चौतारा स्थित नेकपा एमाले जिलला पार्टी कार्यालयमा सम्पन्न चौथो अधिवेशनबाट राजु श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन भएको हो । कमिटीको उपाध्यक्षमा गणेश तामाङर सुजता सापकोटा, सचिवमा प्रकाश श्रेष्ठ, उपसचिवद्धय अमिर श्रेष्ठ र पासाङ शेर्पा, कोषाध्यक्षमा टासी शेर्पा सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सिद्धार्थ तामाङ, संगम तामाङ र निरु श्रेष्ठ चौथो अधिवेशनबाट चयन भएका हुन् ।
आइतबार जिलला पार्टी कार्यालयमा महासंघको महासचिव धरमबहादुर लामाले अधिवेशनको उद्धाटन गर्नुभयो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य अमासिंङ तामाङ, महासंघका सचिव प्रभूनारायण सिवाकोटी, नेकपा एमाले प्रदेश कमिटी सदस्य बालकुमारी सापकोटा, ईन्द्र नेपाल तथा महासंघका जिल्ला इन्चार्जलगायतको उपस्थिति रहेको थियो ।
