काठमाडौं, २६ चैत।
प्रतिनिधिसभा सदस्यहरूले शपथ लिएको दुई साता बितिसक्दा पनि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन। पार्टीभित्र सर्वसम्मत रूपमा नेता चयन गर्ने प्रयास भइरहेकाले प्रक्रिया ढिलिएको बताइएको छ।
पार्टी सभापति सभापति गगनकुमार थापाले सहमतिमा नेता चयन गर्न चाहेकाले निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन। यसअघि सहमहामन्त्री Pप्रकाश रसाइली ‘स्नेही को संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको भए पनि निर्धारित मिति २४ चैतमा प्रक्रिया सुरु हुन सकेन।
संसदीय दलको नेतामा अर्जुननरसिंह केसीले, भीष्मराज आङ्देम्बे र मोहन आचार्य लाई सम्भावित दाबेदारका रूपमा हेरिएको छ। केसीले आफूलाई सर्वसम्मत रूपमा चयन गरिए स्वीकार गर्ने, नत्र निर्वाचनमा प्रतिस्पर्धा गर्ने संकेत दिएका छन्।
पार्टीभित्र संस्थापन र संस्थापनइतर समूहबीच मतभेद देखिएकाले अन्ततः मतदानमार्फत् नेता चयन हुने सम्भावना बढेको नेताहरूको भनाइ छ। कांग्रेसका ३८ सांसदमध्ये प्रत्यक्षतर्फ संस्थापन पक्ष बलियो भए पनि समानुपातिकतर्फ संस्थापनइतर समूहको प्रभाव देखिन्छ।
यस कारण संसदीय दलको नेता चयन प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन।
