
२२ भाद्र २०८२, आईतवार १३:३२
काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने वैधानिक बाटो खोलेको छ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित विभिन्न आयोगका प्रतिवेदनहरू सर्वसम्मतले पारित गरेको हो।
प्रतिवेदन पारित हुनु अघि अध्यक्ष ओलीले समूहगत छलफलमा उठेका प्रश्न र सुझावको जवाफ दिँदै झण्डै दुई घण्टा लामो सम्बोधन गरेका थिए।
महाधिवेशनबाट संशोधित विधानले ओलीलाई तेस्रोपटक अध्यक्ष बन्ने संवैधानिक बाटो खुलेको एमाले निकट नेताहरूले बताएका छन्।