सिन्धुपाल्चोक ।
उज्यालो नेपाल पार्टीका सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फका उम्मेदवार रामसिं तामाङले घरदैलो अभियान सुरु गर्नुभएको छ। अभियानको औपचारिक सुरुआत उहाँले हेलम्बु क्षेत्रबाट गर्नुभएको हो।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार तामाङले स्थानीय नागरिकसँग भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकताहरू र अपेक्षाबारे जानकारी लिनुभएको छ। साथै, उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा भएका कामहरूको चर्चा गर्दै आगामी सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उम्मेदवार तामाङले उज्यालो नेपाल पार्टी नै अबको एकमात्र विकल्प रहेको बताउँदै सिन्धुपाल्चोक र समग्र देशको विकास र समृद्धिका लागि आफ्नो पार्टी सक्षम रहेको दाबी गर्नुभयो।
“सुशासन, समृद्धि र सामाजिक न्यायको स्थापनाका लागि उज्यालो नेपाल पार्टी अघि बढेको छ,” उहाँले भन्नुभयो, “भावी पुस्ताको सुरक्षित भविष्य निर्माणका लागि उज्यालो नेपाल पार्टीलाई समर्थन आवश्यक छ।”
घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई मत दिन आग्रह गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
